logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

राष्ट्रिय सभामा मागियो प्रधानमन्त्रीको राजीनामा


  • राजनीति
  • बुधबार, असार २० २०८०

काठमाडौं । राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा माग गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले केही दिन अघि दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दलले उनको राजीनामा माग गरेको हो । बैठक सुरु हुने बित्तिकै एमाले सांसद देवेन्द्र दाहालले प्रधानमन्त्रीको अभिव्यक्तिले देशको गरिमामा आच पु¥याएको भन्दै आपत्ति जनाएका थिए ।

त्यसपछि बैठकमा एमाले सांसदहरुले उठेर अवरोध गर्नुको साथै प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् । एमालेले अवरोध कायम राखेपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक ३ बजेर १ मिनेटसम्मका लागि स्थगित गरेको घोषणा गरे।

प्रधानमन्त्री दाहालले सोमबार आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक पटक दिल्ली धाएको अभिव्यक्ति दिएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार