logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

पार्टी एकता भाँडिन सक्ने खनालको संकेत


  • राजनीति
  • मंगलबार, कार्तिक १३ २०७५

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टी एकता भाँडिन सक्ने संकेत गरेका छन् ।

नेता खनालले पार्टीमा केहि प्रवृत्तिका मानिसको हावी भएका कारण पार्टी एकताको बारेमा यसै बन्न नसकिने जनाएका छन् । पार्टीका तल्ला कमिटीमा समेत नेताहरुले सिनियर नेतालाई बाइपास गरेर आफ्ना नेतालाई भर्ति गरेर पार्टीलाईफ भर्ति केन्द्रको रुपमा लिएको आरोप समेत लगाएका छन् ।

प्रदेश, जिल्ला र सो मातहतका कमिटी बनाउँदा आफ्ना नेता परे या परेनन भनेर हेर्दा पार्टीमा पद्धति र विधानको धज्जी उडेको समेत ठोकुवा गरेका छन् ।

तर, एक नेकपाका उच्च नेताका अनुसार नेता खनालको यो सवै गलफत्ति आफ्नो स्थान सुरक्षित नभएको र बरिष्ठ नेताको हैसियतमा काम गर्न चाहेको भन्ने नै हो ।

खनालले यसअधि पनि आफू अन्यायमा परेको भन्दै आवाज उठाउने जनाउदै आएका छन् । यसै सन्दर्भमा उनले यसरी बखेडा झिक्दै आएको स्रोतको दावी छ । वरिष्ठ नेता माधव कुमार नेपालभन्दा आफू सिनियर नेता भएको भन्दै यसै अनुरुप काम गर्न पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा आेली र अध्यक्ष प्रचण्डसंग दबाब दिदै आएको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार