logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

कोशी प्रदेश सरकार गठनविरुद्ध एमाले सर्वोच्च अदालतमा


  • राजनीति
  • शुक्रबार, असार २२ २०८०

कोशी प्रदेशको नवनिर्मित सरकार गठनको प्रक्रिया असंवैधानिक रहेको भन्दै नेकपा (एमाले) ले सर्वोच्च अदालत पुगेको छ ।

सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर जोडेर आवश्यक पर्ने बहुमत देखाएर सरकार गठन गरेपछि त्यसविरुद्ध एमालेले शुक्रबार सर्वाेच्च अदालतमा पुगेको हो ।

एमाले कोशी प्रदेश संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीसहितले सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।

रिटमा संविधानको धारा १६८ (२) बाट निर्मित सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी धारा १६८ (३) अनुसार नयाँ सरकारको बाटो खोल्न परमादेश जारी गर्न माग गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार