logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

किन रोजे क्याम्पस प्रमुखले विप्लवको पार्टीलाइ ?


  • राजनीति
  • बिहिबार, कार्तिक १५ २०७५

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको  ‘संगठन सुदृढीकरण तथा विस्तार अभियान’ धनगढीमा पुगे पछि उक्क्त पार्टी प्रती आकर्षण बढेको देखिन्छ ।

संचालित अभियानको पहिलो फेजमा नै क्याम्पस प्रमुखसहित विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका छन् । विहीबार एक कार्यक्रमबीच वेदप्रकाश महरा, माधव जोशी, विनोद बोहरा, भोजराज विक, विष्णु ओखेडा,लक्ष्मण पौडेल, कृष्ण चौधरी, चन्द्र जोशी र रघुनाथ झोलाले पार्टीमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गरेकालाइ नेकपाका कैलाली इन्चार्ज विवेक कुमाल, थारुवान जनपरिषद् प्रमुख महान चौधरी र जिल्ला सेक्रेटरी प्रकाश मल्लले स्वागत गरेका थिए । उनीहरुले एकीकृत जनक्रान्तिले मात्रै आमूल परिवर्तन गर्ने विश्वाससहित आफूहरु नेकपा रोजेको बताएका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार