राजनीति
नेपाली कांग्रेसका सभापति शेरबहादुर केन्द्रिय समितिको बैठक लाइभ गर्न प्रस्ताव गरेका छन् ।
देउवाको निवास धुम्बाराहिमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुसँगको छलफलमा सभापति देउवाले पार्टीको केन्द्रिय समितिको बैठक अनलाइन, टेलिभिजनबाट लाइभ गर्न प्रस्ताव हरेका हुन् ।
भोलि दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय सानेपामा कांग्रेस केन्द्रिय समितिको बैठक बस्दै छ । सुरुमा केन्द्रिय सदस्यहरुलाई बैठकमा धारणा राख्न दिइने जनाइएको छ ।
केन्द्रिय समिति बैठकका एजेन्डा तय गर्न देउवाले आज शिर्ष नेताहरूलाई निवासमै बोलाएर छलफल गरेका हुन ।