logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नेकपाका संस्थापक पुष्पलालको ४५ औँ स्मृति दिवस मनाइँदै


  • राजनीति
  • आइतबार, साउन ७ २०८०

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

विभिन्न कम्युनिस्ट पार्टी र उनिहरुका भ्रातृसंगठनहरुले आज देश तथा विदेशमा विभिन्न कार्यक्रमका साथ स्मृति दिवस मनाउन लागेका छन् । नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) लगायतका संस्थापक महासचिव श्रेष्ठको योगदानको विभिन्न कार्यक्रमका साथ स्मरण गर्ने तयारी गरेका छन् ।

२००६ सालमा भारतको कोलकतामा नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्दा पुष्पलालले सम्मुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको वास्तविक मुक्तिको कार्यभार पूरा गर्ने लक्ष्य राखेका थिए।

१९८१ असारमा रामेछापको भंगेरीमा जन्मिएका पुष्पलाल वैचारिक रूपले सशक्त र आम नेपालीका लागि एक प्रेरणादायी नेताका रूपमा परिचित छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार