राजनीति
सत्तारूढ दल नेकपा भित्र सरकारबारे नेताहरुको बोली बाझिएको । नेकपा अध्यक्ष प्रचण्डले गरेको बचाउ र नेता वामदेवले गरेको आलोचनाको प्रसंग नेकपाभित्रको पछिल्लो उदाहरण हो ।
नेकपामा सरकारको कार्यशैलीप्रति असन्तुष्टि चुलिँदो छ । केही समयअघि वरिष्ठ नेता माधव नेपालले संसद्मै उभिएर सरकारको आलोचना गरे । त्यसयता जिम्मेबार नेताबाटै सरकारप्रति असन्तुष्टि पोख्ने क्रम बढ्दो छ ।
सचिवालयभित्रै वरिष्ठ नेता नेपालसँगै झलनाथ खनाल, वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ सरकारको गतिमा सन्तुष्ट देखिँदैनन् । अध्यक्ष प्रचण्ड भने खुलेरै सरकारको पक्षमा बोलिरहेका छन् ।