logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

माओवादी पार्टी पार्टी जस्तो बन्न सकेन : प्रचण्ड


  • राजनीति
  • बुधबार, साउन १७ २०८०

प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्र पार्टी जस्तो नभएकाले पुनः निर्माणको अभियान थाल्नु पर्ने बताएका छन् ।

केही बेर अघि सुरु भएको पार्टीको चौथो पूर्ण केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यो बैठकबाट पार्टी पुनः निर्माणको अभियान थाल्नु पर्ने बताए ।

उनले भने, “हामीसँग नेता कार्यकर्ताको विशाल पंक्ति छ । तर पार्टी चाही पार्टी जस्तो भैराखेको छैन् । हामीले कम्युनिष्ट पार्टीको पुनः निर्माणको अभियान यो बैठक बाट थाल्नुपर्छ । मलाई विश्वास छ सबैले गम्भिरता र जिम्मेवारीका साथ पार्टी पुननिर्माणको अभियान थाल्नेमा विश्वास व्यक्त गर्दछु ।”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार