राजनीति
cWoIf bfxfn dGtJo JoQm
k'iknfn k|lti7fgåf/f ;f]daf/ sLlt{k'/sf] rDkfb]jLdf cfof]lht $) cf}+ k'iknfn :d[lt lbj; sfo{qmddf dGtJo JoQm ug'{x'Fb} g]kfn sDo'lgi6 kf6L{sf cWoIf Pjd k"j{ k|wfgdGqL k'iksdn bfxfn
k|r08Ú . tl:a/ M /Tg >]i7, /f;;
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको आलोचना गर्ने प्रतिक्रियावादी भएको जनाएका छन् ।
केहि समय पहिले सरकारले कामको गति समात्न सकेन भन्दै आलोचनामा उत्रेका प्रचण्डले एकाएक सरकारले गियर बदल्ने भन्दै केहि समय मात्रै पर्खन आग्रह गरेका छन् ।
प्रदेश नम्बर ५ को बुटवलमा शनिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले अब बिकास निर्माणमा क्रान्ति ल्याउने समय आएको जनाउदै उनले भने, ‘अस्ति भर्खरसम्म बर्खा थियो। हिलोमैलो थियो। हिलोमा पिच गर्न भएन। सरकारले गाडी एक नम्बरमा गुडाएको थियो। हिलोमा दुई/तीन नम्बरमा त गाडी गुड्दैन’, प्रचण्डले भने, ‘अब मौसम फेरिएको छ। सरकारको गाडी दुई/तीन नम्बर गियरमा गुड्छ। हाँक्छ हेर्नुहोला।’
आखिर सरकारमा केहि परिवर्तन हुन लागेको हो या के हो ? त्यो भने उनले खुलाएनन् । हाल बहाल रहेका मन्त्रीबाट यी सबै काम संभव नरहेको भन्दै मन्त्रीमण्डल परिवर्तन गर्नेबारे समेत नेकपामा चर्चा चलेको बेला प्रचण्डको यो अभिव्यक्तिले पुनः नेकपामा सानसनी मच्चिएको उच्च स्रोतले जनाएको छ । तर मन्त्री बन्नेमा को को पर्छन र निकालिनेमा को को छन प्रतीक्षाको बिषय बनेको छ ।