logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

केशव स्थापित अझै मन्त्री ? यो प्रमाण !


  • राजनीति
  • सोमबार, कार्तिक १९ २०७५

मुख्यमन्त्री डोरमणि पौडेललाई मन्त्रिपरिषद बैठकमै अपशब्द प्रयोग गरेको आरोपमा बर्खास्तीमा परेका प्रदेश–३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापित अझै मन्त्रीकै हैसियतमा हिंडिरहेको खुलासा भएको छ ।

मन्त्रीबाट हटाइए पनि स्थापितले झण्डावाल गाडी र सुरक्षाकर्मी फिर्ता गरेका छैनन् । मुख्यमन्त्री पौडेलले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीसँग परामर्श गरेर स्थापितलाई शुक्रबार पदमुक्त गरेका थिए । तर, मन्त्रीबाट हटाइएका भनेका स्थापित बामबुद्धिजिवी पद्यमरत्न तुलाधरको पार्थिक शरीरमा श्रद्धाञ्जली दिन मन्त्रीकै हैसियतमा बा१झ ८९६८ नम्बरको झण्डावाल गाडीमा तुलाधर निवास लैनचौर पुगेपछि देख्नेहरु अचम्मित भए ।

तुलाधरप्रति श्रद्धाञ्जली दिएर स्थापित झण्डा हल्लाउँदै हिंडेको देखेपछि त्यहाँ उपस्थितहरुबीच खासखुस चलेको थियो । पूर्वमन्त्रीसमेत रहेका अधिकारकर्मी तुलाधरको आइतबार उपचारका क्रममा अस्पतालमै निधन भएको थियो । उनको आजै शोभा भगवतीमा अन्त्येष्टि गर्ने तयारी छ ।

पुराखबर बाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार