logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

विप्लव आउने अघिल्लो दिन राजधानीमा मार्चपास गर्दै नेकपा


  • राजनीति
  • मंगलबार, कार्तिक २० २०७५

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पाँचौँ पुनर्गठन दिवस साताव्यापी विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । नेकपाले पार्टीको पाँचौँ पुनर्गठन दिवसका सन्दर्भमा आगामी मङ्सिर ८ गते काठमाडौँमा विशाल जनप्रदर्शन र जनसभा आयोजना गर्ने घोषणा गरिसकेको छ । उक्त दिनको सभालाई पार्टी प्रमुख लगायत केन्द्रीय नेताहरूले सम्बोधन गर्ने भएका छन् ।

८ गतेको बिशाल आमसभाको अघिल्लो दिन मंसिर ७ गते मार्चपास गर्ने तयारी समेत गरेको छ । उक्क्त मार्चपास भोलिपल्टको कार्यक्रमलाइ प्रचार गर्ने गरि सोचिएको स्रोतको दावी छ ।
पार्टी पुनर्गठनको शन्दर्भमा नेकपाका साताब्यापी यस्तो कार्यक्रम गर्दैछ ।
मङ्सिर २ गते देशव्यापी झन्डा र ब्यानर प्रदर्शन
मङ्सिर ३ गते देशव्यापी जुलुस प्रदर्शन
मङ्सिर ४ गते देशव्यापी अन्तरक्रिया, अन्तरसंवाद र गोष्ठी
मङ्सिर ५ गते देशव्यापी कोणसभा र पिँढीसभा
मङ्सिर ६ गते देशव्यापी सांस्कृतिक तथा साहित्यिक कार्यक्रम
मङ्सिर ७ गते देशव्यापी मार्चपास र काठमाडौँमा मार्चपासको तयारी
मङ्सिर ८ गते काठमाडौँमा पार्टी पुनर्गठन दिवस (बृहत् जनप्रदर्शन तथा जनसभा)

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार