राजनीति
उपराष्ट्रपति रामसहाय प्रसाद यादव आज चीन भ्रमणमा जाने भएका छन् ।
७ औं चीन दक्षिण एसिया प्रदर्शनी तथा २७ औँ चीन कुमिङआयात-निर्यात मेलामा सहभागी हुन् उपराष्ट्रपति यादव आज चीन प्रस्थान गर्न लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार उपराष्ट्रपति यादव सहितको टोली आज अपरान्ह ४:२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन प्रस्थान गर्नेछन् ।
उक्त मेला यही साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुनेछ । सोमेलाको उद्घाटन समारोहलाई उपराष्ट्रपति यादवले सम्बोधन गर्ने छन् । भ्रमणमा उपराष्ट्रपति यादवले साइडलाइनमा चीनियाँ नेताहरूसँग पनि भेटवार्ता गर्नेछन् ।
चीन भ्रमणमा उपराष्ट्रपति यादवसँगै उनकी पत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल सहभागी हुने जनाइएको छ ।
उपराष्ट्रपति यादव भदौ ४ गते स्वदेश फर्किनेछन ।