राजनीति
सत्ता गठबन्धन दलका तीन शिर्ष नेताहरुबीच सदनको अवरोध खुलाउने विषयमा छलफल भएको छ ।
आज प्रधामन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालबीच छलफल भएको हो ।
बैठकले संसदको गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दल लगायत संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
बैठकमा तीन शिर्ष नेताहरुका साथै उपप्रधानमन्त्रीद्धय पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए ।