राजनीति
सरकारले अनौपचारिक क्षेत्रका श्रमीक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न सुरु गरेको छ ।
बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई कोषमा समेट्न सुरु गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको तर्फबाट अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा समेट्ने अभियान सुरु गरेको घोषणा गरे ।
प्रधानमन्त्री प्रचण्डले आज ल्यापटपको स्विच थिचेर कार्यक्रमको औपचारिक घोषणा गरेका हुन् ।