logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

राष्ट्रपति पौडेलले बोलाए सर्वदलीय बैठक


  • राजनीति
  • आइतबार, भाद्र ३ २०८०

रास्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन् ।

उनका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका शिर्ष नेताहरुलाई मंगलबार बिहान साढे ८ बजे शितल निवासमा बोलाएका छन् ।

संसदमा जारी गतिरोध अन्त्य गर्ने विषयमा छलफलका लागि रास्ट्रपति पौडेलले सर्वदलीय बैठक बोलाएका हुन् । उनले आज साँझ संसदको चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग छलफल गरेका थिए ।

संसदको गतिरोध अन्त्यका लागि राष्ट्रपति पौडेलले यस अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी ओलीसँग पनि छलफल गरेका थिए ।

सुन तस्करी प्रकरणको अनुसन्धानको लागी विपक्षी दल एमालेले उच्च स्तरीय छानबिन समितिको माग गर्दै गएको साउन १० गतेदेखि निरन्तर संघीय संसदका दुवै सदन अवरुद्ध गर्दै आएको छ ।

प्रधानमन्त्री प्रचण्ड ले सदनको अवरोध हटाउनको लागि बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलका शिर्ष नेताहरुको आजको बैठक विनानिष्कर्ष सकिएको थियो ।

लामो समयदेखि संसद अवरुद्ध भएपछि अवरोध हटाउन राष्ट्रपति, प्रधानमन्त्री र सभामुखले पहल गरिरहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार