राजनीति
संसदको गतिरोध अन्त्य गर्नको लागि आज पनि सर्वदलीय बैठक बस्दै छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको अवरोध अन्त्यका लागि आज अपराह्न ४ बजे सर्वदलीय बैठक बोलाएका छन् ।
संसदको अवरोध अन्त्यका लागि प्रधानमन्त्री प्रचण्डले हिजोपनि राष्ट्रिय मान्यताप्राप्त दलका शिर्ष नेताहरूसँग छ्लफल गरेका थिए । हिजोको बैठकमा कुनै निष्कर्षविना सकिएपछि आज पुनः बैठक बस्न लागेको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सुन प्रकरणको अनुसन्धानको लागि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै गएको साउन १० गतेदेखि निरन्तर संघीय संसदका दुवै सदन अवरोध गर्दै आएकोछ ।