logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

देउवाले मनोनित गरि छाडे गच्छादारलाई उपसभापतिमा

पौडेल पक्षको लगाएतको असहमती


  • राजनीति
  • मंगलबार, कार्तिक २० २०७५

काठमाडौं  –विजयकुमार गच्छदार पार्टी उपसभापतिमा मनोनित भएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलवार बसेको केन्द्रीय कार्यसमिति बैठकले गच्छदारलाई उपसभापतिमा मनोनयन गर्ने निर्णय गरेको हो । विमलेन्द्र निधि यसअघि नै उपसभापतिमा मनोनित भइसकेका छन् ।

कांग्रेस बैठकले मंसिर पहिलो साता हुने भनिएको महासमिति बैठक मंसिर अन्तिम साता गर्ने निर्णय पनि गरेको छ । मंसिर २८ देखि पुस ३ सम्म काठमाडौंमा महासमिति बैठक गर्ने निर्णय पनि केन्द्रीय समिति बैठकले गरेको छ ।

२०७४ सालको निर्वाचन अगाडि आफू नेतृत्वको मधेसी जनअधिकार लोकतान्त्रिक पार्टीलाई नेपाली कांग्रेसमा विलय गराएका उनलार्इ मंगलबार उपसभापति मनोनित गरिएकाे हो। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेकाे केन्द्रीय समिति बैठकले गच्छदारलाई उपसभापति बनाउने निर्णय गरेकाे हाे।

गत चुनावअघि फोरम लोकतान्त्रिक सर्वसम्मत रूपमा कांग्रेसमा बिलय भएकाे थियाे।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पाैडेल, प्ररकाशमान सिंह र अर्जुन नरसिंह केसीले पार्टीकाे यस्ताे निर्णयमा अापत्ति जनाउँदै असहमति जनाएका छन् । बाधाअड्चन फुकाउ जारी नगरी निर्णय भएकाे भन्दै उनीहरुले असहमति जनाएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार