राजनीति
कोशी प्रदेशसभा बैठक नेपाली कांग्रेसका जेष्ठ सांसद इस्राइल मन्सुरीले सञ्चालन गर्ने भएका छन् ।
उपसभामुख सिर्जना दनुवार अचानक काठमाडौं गएपछि उनले मन्सुरीलाई सभा सञ्चालन गर्ने जिम्मेवारी दिएकी थिइन् । केही बेर अघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेश सभा बैठकको कार्यसूची तय गरेको छ ।
बैठकमा मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने कार्यसूची तय गरिएको छ । सभाको अध्यक्षता गर्ने मन्सुरीले मुख्यमन्त्री थापालाई विश्वासको मत पनि दिने भएका छन् ।
कांग्रेसका प्रदेशसभा सदस्य भीम पराजुलीले मन्सुरीले सभाका अध्यक्षता गर्ने र मुख्यमन्त्रीलाई विश्वासको मत दिने अनि मुख्यमन्त्रीले विश्वासको मत पाउने बताए ।
अध्यक्षता गर्ने व्यक्तिले बराबर मत नभएको अवस्थामा मत हाल्न नपाउने व्यवस्था रहेको छ । तर सत्ता गठबन्धनले मन्सुरीलाई मुख्यमन्त्री थापाको पक्षमा मत हाल्न लगाउने तयारी गरेको छ ।