राजनीति
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँच पास गरि बाहोरिएर सिनामंगलबाट बरामद भएको करिब ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धानको लागि उच्चस्तरीय छानबिन समिति बनाउन सरकार तयार भएको छ ।
सोमबार साँझ बसेको राष्ट्रिय मान्यताप्राप्त दलका शिर्ष नेताहरुबीच भएको छलफल पछि छनबिन समिति बनाउने सहमति भएको हो । बैठकमा सुन तस्करी प्रकरणमाथि छानबिनका लागि गठन गरिने समितिको कार्यादेश (टिओआर) तय गर्ने सहमति भएको छ ।
आज छानबिन समितिको कार्यादेश तयार गर्नका लागि एमालेका संसदीय दलका उपनेता एवम् उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे सदस्य रहने गरी कार्यादेश समिति गठन गरेको काग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए ।
यो सहमतिसँगै अब संसद बैठक सुचारु हुने भएको छ । सुन प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले संसद अवरुद्ध गर्दै आएको थियो ।