logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची


  • राजनीति
  • मंगलबार, भाद्र ५ २०८०

आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक दिउँसो ३ बजे नयाँ बानेश्वर स्थित संसद भवनमा बस्ने संसद सचिवालयले जनाएको छ ।

बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर हाल केन्द्रीय कारागारमा पुर्पक्षका लागी थुनामा रहेका सांसद टोपबहादुर रायमाझीको सांसद पद निलम्बन भएको संसदमा जानकारी गराउने कार्यसुची रहेको छ । साथै सांसद शुनिल शर्मा पक्राउ र रिहाबारे संसदमा सुनाइने छ ।

त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन पेस गर्ने र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले ‘नेपाल विश्वविद्यालय विधेयक २०८०, लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस,’ भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार