राजनीति
नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले शपथ लिएका छन् ।
रास्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक समारोहमा राष्ट्रपती रामचन्द्र पौडेलले प्रधानन्यायाधीश श्रेष्ठलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।
संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सर्वसहमतिले अनुमोदन भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार साँझ श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका थिए ।