logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


  • राजनीति
  • बुधबार, भाद्र ६ २०८०

सभाको बैठक बस्दैछ । दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा सुरु हुने बैठकमा सभामुख देवराज घिमिरले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरुबारे सदनलाई जानकारी गराउने कार्यसूची रहेको छ ।

त्यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्गले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदन समक्ष पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

सुन प्रकरणमा उच्चस्तरीय छानबीन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल एमालेले गएको साउन १० गतेदेखि निरन्तर रुपमा संसद अवरोध गर्दै आएको छ ।
सम्भावित कार्यसूची हेर्न यहाँ क्लिक गर्नुहोस्ः

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार