राजनीति
आज बसेको मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको न्यूर्याेकको भ्रमण स्वकिृत गरेको छ ।
प्रधानमन्त्री प्रचण्ड यही भदौ ३० गते संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै न्यूर्याेक जानेछन् ।
मन्त्रीपरिषद्को आजकै बैठकले धुलीखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाको लागि जापान सरकारबाट प्राप्त हुने जापारी येन ३ अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ ।
त्यस्तै धितोपत्र ऐन सम्बन्धी २०६३ को दफा १६६ को उपदफा (१) बमोजिम नेपाल धितोपत्र बोर्डलाई धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०८० संशोधन गर्न स्वीकृत प्रदान गर्न दिने निर्णय पनि मत्रीपरिषद्को बैठकले गरेको छ ।
आज बसेको बैठकले गायक जेबी टुहुरेलाई जनगायकको उपाधि दिने निर्णय पनि गरेको छ । पर्यटनमन्त्री सुदन किरातीका पिता ७६ वर्षीय हर्कबहादुर राईको निधनप्रति श्रद्धाञ्जलीर मन्त्री किराती शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्ने निर्णय गरेको छ।