logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

किन आउदैछ अमेरिकी सेना नेपाल ?


  • राजनीति
  • बुधबार, भाद्र २० २०८०

संयुक्त सैन्य अभ्यासका लागि अमेरिकी सेनाको टोली नेपाल आउने भएको छ । नेपाली सेनाका अनुसार १२ सदस्यीय अमेरिकी सैन्य टोली बिहीबार नेपाल आइपुग्ने छ ।

भदौ २४ देखि असोज १२ गतेसम्म सन्चालन हुने सैन्य अभ्यासमा नेपालबाट ३० जना सेना सहभागी हुनेछन् । चालिसौँ जोइन्ट कम्बाइन एक्सचेन्ज ट्रेनिङ ब्यालेन्स नेल नाम रहेको यस संयुक्त सैन्य अभ्यास दौरान विपद व्यवस्थापन, खोज तथा उद्धार र मानवीय सहायता लगायतमा केन्द्रित हुने नेपाली सेनाले जनाएको छ ।

यस्तै, बेलायतमा हुने प्रतिस्पर्धात्मक एक्सरसाइज क्याम्ब्रियन पेट्रोलका लागि नेपाली सेनाको टोली त्यहाँ प्रस्थान गरेको छ। १० सदस्यीय नेपाली सेनाको टोली प्रमुख सेनानी विवेक विक्रम शाहको कमान्डमा रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार