राजनीति
काठमाडौंस्थित चिनियाँ राजदूत छन सोङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ भेट भएको हो ।
भेटमा प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबारे समेत छलफल भएको छ । राष्ट्र संघको महासभामा सहभागी भएपछि प्रधानमन्त्री प्रचण्ड त्यतैबाट चीन भ्रमणमा जाने कार्यक्रम तय भइसकेको छ ।