logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

नेकपाको स्थायी समितिको बैठक सम्पन्न, विप्लव नआउने ,यि नेताले गर्ने छन सम्बोधन


  • राजनीति
  • बुधबार, कार्तिक २१ २०७५

देश ब्यापी सगठनात्मक अभियान संचालन गर्दै आएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंसिर ८ मा जनसभा गर्दैछ । पार्टीको पाँचौँ पुनर्गठन दिवसमा काठमाडौ गर्न लागेको जनसभामा महासचिव नेत्र बिक्रम चन्द विप्लव आउने भनेर प्रचार प्रसार गरिएको भएता पनि अन्ततः उनि न आउने निर्णय भएको स्रोतको दावी छ ।

भर्खरै सम्पन्न नेकपाको स्थायी समितिको बैठकको निर्णय अनुसार विप्लव आफै न आउने भएका छन ।  उक्त कार्यक्रमलाइ स्थायी समिती सदस्य तथा प्रवक्ता खड्ग बहादुर बिश्वकर्मा प्रकाण्डले सम्बोधन गर्ने भएका छन । अरु बक्ताहरुमा पिबिएम पदम राइ ‘बिकास’ र शिलुले बोल्ने सुची तयार भएको स्रोतले जनाएको छ ।

नेकपाको पछिल्लो स्थायी समितिको बैठकलाइ निकै महत्त्वपूर्ण ढङ्ग बाट हेरिएको भएता पनि के के निर्णय भयो भन्ने बिषय खुलाएको छैन । स्थायी समितिको निर्णय मंसिर ८ मा नै सार्वजनिक हुने समेत बताएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार