logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

भावविह्वल पुर्वराष्ट्रपति भण्डारी, शाेकमग्न च्यासल


  • राजनीति
  • मंगलबार, भाद्र २६ २०८०

संविधानसभा का अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा श्रद्धाञ्जली अर्पण गर्न एमाले पार्टी कार्यालयमा पुगेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भावविव्हल बनेकी छन् । एमाले पार्टी कार्यालय च्यासलमा उनले आफ्नो आँशु थाम्न सकिनन् ।

नेम्वाङको पार्थिव शरीरमा माल्यार्पण गर्न च्यासलमा विभिन्न दलका नेता-कार्यकर्ताहरूको भीड लागेको छ । सभामुख देवराज घिमिरे, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललगायत पनि पुगेका छन् । सबै स्तब्ध र मलिन अनुहारमा छन् ।

पूर्वराष्ट्रपति भण्डारी एमाले अध्यक्ष केपी शर्मा ओली छेउको सोफामा बसेकी थिइन् । उनलाई सम्हालिन कठिन भइरहेको देखिन्थ्यो । पटकपटक रुमालले आँशु पुछिरहेकी थिइन् ।

पूर्वराष्ट्रपति भण्डारी सम्हालिन गाह्रो भएपछि पार्टी कार्यालयमा एमाले अध्यक्षको कार्यकक्षमा आराम गर्न पठाइएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार