logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

यि हुन , प्रचण्डको मन्त्री फेर्ने कुराले तर्सिएका ५ मन्त्री


  • राजनीति
  • शुक्रबार, कार्तिक २३ २०७५

cWoIf bfxfn dGtJo JoQm k'iknfn k|lti7fgåf/f ;f]daf/ sLlt{k'/sf] rDkfb]jLdf cfof]lht $) cf}+ k'iknfn :d[lt lbj; sfo{qmddf dGtJo JoQm ug'{x'Fb} g]kfn sDo'lgi6 kf6L{sf cWoIf Pjd k"j{ k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú . tl:a/ M /Tg >]i7, /f;;

एक महिना अगाडी अर्थात दशैँको पुर्व शन्ध्यामा प्रचण्डले मन्त्रीहरू फेर्ने कुराले सत्तारुढ दल भित्र खैलावैला भएको थियो। यधपी त्यस बेला प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी ओलीले ठाडै अस्वीकार गरिदिएका कारण रोकिएको थियो । तर, यस पटक प्रचण्डले केही मन्त्रीहरू परिवर्तन गर्ने भित्री तयारीका भन्ने आसयको अभिव्यक्तिले (नेकपा) भित्र फेरि तरंग उत्पन्न भएको छ ।

कास्कीको पोखरामा आफ्नै पार्टी निकटका पत्रकारहरूले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले सरकारको कामलाई प्रभावकारी बनाउन मन्त्रीहरू फेरबदल गरेर अघि बढ्नु पर्ने बताएका थिए । अघिल्लो पटक मन्त्री फेरबदलको कुरा गर्दा ओलीबाट ठेस खाएका प्रचण्डले यस पटक गृहकार्य गरेरै बोलेको नेकपाका एक नेताले बताएका छन् ।

‘वर्तमान सरकारका केही मन्त्रीहरू हेरफेर गरेर सरकारको कामलाई प्रभावकारी बनाउँदै अघि बढ्नुपर्छ’, उनले भनेका छन्, ‘सरकारले अब गियर बदल्दै छ, सरकारको गति बढाउन जे–जे समस्या छ, ती कुरालाई ध्यान दिएर, नमिलेका कुरा मिलाएर भएपनि सरकार अघि बढ्छ ।’

लालबाबु पण्डित, रघुवीर महासेठ, रविन्द्र अधिकारी, मातृकाप्रसाद यादव, रामबहादुर थापा लगायतका केही मन्त्रीहरूको कामकारबाहीबाट जनता सन्तुष्ट नरहेको आरोप लाग्दै आएका छन् । यी मन्त्रीहरूका बारेमा बेलाबेला पत्रपत्रिकाले तिखो आलोचना गर्दै आएका पनि छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार