logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

चिनियाँ र नेपाली भाषा अनुवाद हुने


  • राजनीति
  • शुक्रबार, भाद्र २९ २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’को आसन्न चीन भ्रमणमा चिनियाँ साहित्यलाई नेपाली अनुवाद तथा नेपाली साहित्यलाई चिनियाँ भाषामा अनुवाद गर्ने समझदारी हुने भएको छ ।

क्याबिनेट बैठकमार्फत् उक्त निर्णय पारित भएको एक मन्त्रीले बताए । संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयबाट पेश भएको प्रस्ताव प्रधानमन्त्री प्रचण्डको भ्रमण एजेण्डामा पर्ने भएको हो ।

‘प्रधानमन्त्रीज्यूको भ्रमण बैठकबाट स्वीकृत भएको छ,’ ती मन्त्रीले भने, ‘चिनियाँ साहित्यलाई नेपालीमा, नेपाली साहित्यलाई चीनमा अनुवाद गर्नुपर्छ । नेपाली किताबहरुलाई अझै बलियोसँग ठूलो पाठक जनसंख्या माझ पुर्‍याउन चीन भ्रमणमा पहल हुने भएको छ ।’

प्रधानमन्त्री प्रचण्ड असोज पहिलो साता अमेरिकाबाट बेइजिङ उड्नेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार