logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

शितलनिवासकाे भाेजमा किन गएनन् केपी ओली र बालेन


  • राजनीति
  • बुधबार, असोज ३ २०८०

राष्ट्रपति कार्यालय शीतल निवासमा आयाेजित नवौं संविधान दिवसको अवसरमा भीआइपीहरुको जमघट भयाे । तर उक्त कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरका मेयर बालेन शाह उपस्थिति भएनन् । राष्ट्रपति राचन्द्र पौडेलले आयोजना गरेको रात्रिभोजमा सहभागी हुन उनीहरु शीतल निवासमा जम्मा भएका हुन् ।

राष्ट्रपति पौडेलले आयोजना गरेको रात्रि भोजमा उपराष्ट्रपति रामसहाय यादव, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, पूर्वसभामुख अग्निप्रसाद सापकोटा, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, वन तथा वातावरणमन्त्री डा वीरेन्द्रपूसाद महतो, शहरी विकासमन्त्री सीता गुरुङ, विदेशी राजदूतहरुलगायतको पनि सहभागीता थियो ।

राष्ट्रपति कार्यालयले आयोजना गरेको उक्त कार्यक्रममा प्रमु प्रतिपक्षी दल नेकपा एमाले र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह भने अनुपस्थित भएका छन् । राष्ट्रपति कार्यालयका अनुसार एमाले अध्यक्ष ओली र मेयर शाह दुबैलाई रात्रिभोजमा निमन्त्रण गरिएको भएपनि उनीहरु उपस्थित नभएका हुन् ।

एमाले अध्यक्ष ओली भने,आफ्नै पार्टीले आयोजना गरेको दिप प्रज्वलनमा जानुपर्ने भएको कारण शीतल निवास नगएको एमालेका एक नेताले बताए । यसअघि पनि राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठक पनि एमालेले बहिष्कार गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार