logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

छाेरी गंगासहित काे काे जादैछन् प्रधानमन्त्रीसंग चिन ?


  • राजनीति
  • बिहिबार, असोज ४ २०८०

८ दिने चिन भ्रमणको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणको टोली सार्वजनिक भएको छ ।

परराष्ट्र मन्त्रालयले ८ दिने भ्रमण तालिका सार्वजनिक गरेको हो । अमेरिकाबाट सीधै चीन जान लागेका प्रधानमन्त्री प्रचण्ड असोज ६ देखि १३ सम्म त्यहीँ रहन्छन् ।

परराष्ट्र मन्त्रालयलले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको भ्रमण टोलीमा गंगा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, खानेपानी मन्त्री महिद्र राय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठलगायत रहने उल्लेख छ ।

चीन भ्रमणको क्रममा प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी चिनफिङ र चिनियाँ समकक्षी ली छ्याङसहित शीर्ष नेतृत्वसँग भेटवार्ता गर्नेछन् । भ्रमणको क्रममा दुई देशबीच विभिन्न विषयमा सम्झौता पनि हुने जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार