राजनीति
प्रमख सत्तारूढ दल कांग्रेस नेता अर्जुननरसिंह केसीले शिक्षकको आन्दोलनलाई सरकारले सहमति र सम्झौता, वार्ता र संवादद्वारा निष्कर्ष निकाल्नुपर्ने बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीवार बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीसँग उनले ४ लाख शिक्षकलाई सडकमा राख्नु नहुने बताए।
उनले राष्ट्रिय रुपमा अहिले विभिन्न खालका जटिलता देखिएको भन्दै अन्तरजातीय भाइचारामा आएको द्वन्द्व, धर्मबीचको द्वन्द्व र एकले अर्कोलाई मार्छु भन्दासमेत सरकार मौन रहने स्थिति देखिएको बताए।
उनले देशमा अराजकता बढेकाले त्यसबाट रोक्न कांग्रेसले भूमिका खेल्नुपर्नेमा जोड दिए। नेता केसीले सरकार अराजकता, हत्या र हिंसाउन्मुख भएको भन्दै यस परिस्थितिलाई रोक्न कांग्रेसले भूमिका खेल्नुपर्ने बताए।