logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

झनै तनावग्रस्त बाँकेको बाल सुधारगृह


  • राजनीति
  • शुक्रबार, असोज ५ २०८०

बाँकेको डुडुवा गाउँपालिका- ६ स्थित जयन्दु बालसुधार गृहको अवस्था अझै तनावग्रस्त ‍ बन्दै गएको छ। बालसुधारगृहमा विवाद हुँदा स्थिती तनावग्रस्त बनेको हो।

विवादपछि झडपको स्थिती हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना भन्दा धेरै घाइते भएका छन्। सुधारगृहबाट कति भागे यकिन छैन। झडपको मुख्य कारण लागू औषध भएको बाल सुधार गृह सम्बद्वको भनाइ छ।

प्रहरीले झडपमा संलग्न २५ जनालाई नियन्त्रणमा लिएको छ। मानव अधिकारबादी संस्था ईन्सेकले यस अघि नै बाल सुधार गृहमा लागू औषध पुग्ने गरेको प्रतिवेदनमै लेखेको थियो।

यतिबेला यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। विवाद प्रहरीको नियन्त्रणमा आइसकेको छैन। घटनास्थलमा मानव अधिकारकर्मी पुगेका छन्। देशसञ्चारबाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार