राजनीति
सरकारले संसदमा दर्ता गरेकाे विवादास्पद विद्यायल शिक्षा विद्येयक विरुद्ध शिक्षक आन्दोलनलाई समर्थन गर्न पुगेका मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका २७ जना नेता–कार्यकर्तालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
संसदमा प्रस्तुत शिक्षा विधेयकको खारेजी, देशलाई आवश्यक पर्ने दक्ष जनशक्तिको उत्पादन र त्यसका लागि शिक्षाको राष्ट्रियकरणको माग गर्दै विरोध प्रदर्शनमा सहभागी भएको अवस्थामा सिंहदरवार र नयाँ बानेश्वर क्षेत्रबाट क्रान्तिकारी माओवादीका २७ जनालाई पक्राउ गरेकाे छ ।
बानेश्वर क्षेत्रबाट पक्राउ पर्नेमा वसन्त वोगटी, शारदा महत, इन्दिरा अधिकारी, सुनिता बुढाथोकी, मन्जिल बोगटी, युवराज थापा, रोशन कार्की, अर्जुन बोगटी लगायत दश जना छन् ।
त्यसै गरी सिंहदरवार पश्चिम गेट परिसरमा शान्तिपूर्ण विरोध गरिरहेका विद्यार्थी नेताहरु हरिकृष्ण गजुरेल, मिलन राई, पेशल दाहाल, प्रभात भट्टराई, वीरेन्द्र शाह, रुपा बुढा, मीन एडी, राजन राउत, गोविन्द बिष्ट, स्मृति कार्की, सर्जन पाण्डे, लक्ष्मी पाण्डे, मिलन बुढा, स्तालिन बस्नेत, रोशन यादव, लक्ष्मण बम, समीर विक लगायतका विद्यार्थीहरुलाई प्रहरीले गिरफ्तार गरेको जनाइएको छ ।
प्रहरीको बुट र लाठी प्रहारबाट मीना ऐडी, लक्ष्मी शाह, राजन राउतसहित थुप्रै विद्यार्थी घाइते भएको जनाइएको छ ।