logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

चिनियाँ राष्ट्रपति सी प्रधानमन्त्री प्रचण्डबिचबिच भेट


  • राजनीति
  • शनिबार, असोज ६ २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी चीनफिङबीच भेट भएको छ। चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा एक साता लामो भ्रमणका लागि चीन पुगेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीलाई भेटेका हुन्।

चीनको हाङ्चौ सहरको हाङजाओ विमानस्थलमा उनलाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गरेका थिए। सो अवसरमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन सोङ पनि थिए।

प्रधानमन्त्री दाहाल उक्त कार्यक्रमपछि चीनको राजधानी सहर बेइजिङ आउने छन्। बेइजिङमा यही सेप्टेम्बर २५ मा आफ्ना चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। उक्त भेटावार्तापछि प्रधानमन्त्री दाहालले चीनको छोङछिङ्ग महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्ने छन्।

प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गरेर आजै न्यूयोर्कबाट चीन गएका हुन्। १९ औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) आजबाट औपचारिक रुपमा चीनको हाङ्चाओ सहरमा सुरु हुँदैछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार