राजनीति
नेपाल र चीनबीच द्विपक्षीय बैठक भएको छ। जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको प्रतिनिधि मण्डल र चिनियाँ राष्ट्रपति सी चीनफिङ नेतृत्वको प्रतिनिधिमण्डलबीच बैठक भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।


झेजियाङको राजधानी सहर हाङ्झाउमा १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहअघि उनीहरुबीच औपचारिक भेटवार्ता भएको हो। भेटमा द्विपक्षीय हित र चासोका बारेमा महत्त्वपूर्ण छलफल हुने बताइएको छ।
