logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नेपाल र चिन समान हैसियतका छिमेकी : चिनियाँ प्रधानमन्त्री


  • राजनीति
  • सोमबार, असोज ८ २०८०

जनवादी गणतन्त्र चिनका प्रधानमन्त्री ली छ्याङले नेपाल र चीन फरक आकारका तर समान हैसियतका दुई छिमेकी मुलुक भएको बताएका छन् ।

सोमबार बिहान चीनको ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री दाहालसँग भएको दुईपक्षीय भेटघाटमा चिनियाँ प्रधानमन्त्री छ्याङले यस्तो बताएका हुन् । ‘नेपाल र चीन बीचको सम्बन्धको साक्षी हिमालय र खासगरी सगरमाथा छ, इतिहासदेखि हाम्रो सम्बन्ध राम्रो रही आएको छ,’ प्रधानमन्त्री छ्याङले भने ।

सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणपछि दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको उनले बताए । दुई देशका नेताबीच उच्चस्तरमा भएको सहमति कार्यान्वयन गर्न चीन तयार रहेको उनले बताए। नेपालको आर्थिक विकासमा चीनले साझेदारी गर्ने उनको भनाइ छ।

भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले चीनले विकासको पहिलो शताब्दी लक्ष्य सम्पन्न गरेकोमा बधाई दिंदै आगामी शताब्दी लक्ष्यको सफलताको कामना गरे ।चीनले विकास र प्रविधिको क्षेत्रमा हासिल गरेको उपलब्धिको उनले प्रशंसा गरे ।

नेपाल राजनीतिक उपलब्धि हाँसिल गरी अब सामाजिक तथा आर्थिक समृद्धिको चरणमा प्रवेश गरेको उनले बताए । ‘हामीले हालै तीनवटै सरकारको चुनाव सम्पन्न गरेका छौं । अब आर्थिक विकासको काम गर्दै छौं । चीनसँगको सौहार्दपूर्ण सम्बन्धले त्यसमा सहयोग गर्ने छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार