logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

कर्फ्युका बिच झन तनावग्रस्त नेपालगन्ज


  • राजनीति
  • मंगलबार, असोज १६ २०८०

नेपालगन्जमा कर्फ्यु जारी भए पनि प्रदर्शन नरोकिएपछि प्रहरीले बिपीचोकमा हवाई फायर गरेको छ।

कर्फ्युका बाबजुद पनि बिपीचोकमा भेला भएका हिन्दूवादीहरूले टायर बालेर प्रदर्शन नरोकेपछि प्रहरीले एक दर्जनभन्दा बढी हवाई फायर गरेको हो।

हवाई फायरपछि सार्वसाधारण तितरबितर भएका छन्। तैपनि सहायक सडकमा भेला भएका हिन्दू र मुस्लिमले प्रदर्शन गरिरहेका छन्।

प्रदर्शनमा तीन सुरक्षाकर्मीसहित १० जना घाइते भएका छन्। भिड नियन्त्रणमा लिन अन्य क्षेत्रमा पनि अश्रुग्यास र हवाई फायर जारी छ। घुसपैठ हुन नदिन नाका–नाकामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।

हिन्दू र मुस्लिमबीच झडप हुने सम्भावना बढेपछि बाँके प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। नरैनापुरका एक युवाले सामाजिक सञ्जाल फेसबुक पेजमा इस्लाम धर्मविरुद्ध स्टाटस लेखेको विरोधमा इस्लाम धर्मावलम्बीहरूले आइतबार नेपालगन्जमा प्रदर्शन गरेका थिए। उक्त प्रदर्शनको विरोधमा हिन्दू धर्मवलम्बीले आज प्रदर्शन गरेपछि झडपको स्थिति सिर्जना भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार