logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

एमाले र माओवादीबिच एकताको सम्भावना छ : पुन


  • राजनीति
  • शनिबार, असोज २० २०८०

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले एमालेसँग फेरि पार्टी एकता वा कुनै प्रकारको सहकार्य हुन सक्ने बताएका छन् ।

राजधानीमा शनिवार आयोजित माओवादी जनयुद्धका शहीद तथा बेपत्ता परिवार र आस्थाका बन्दीहरूको सम्मान कार्यक्रममा बोल्दै पुनले विगतको जरा एउटै भएको र कयौँ राजनीतिक एजेन्डामा समानता भएका दुई पार्टी कुनै पनि बेला मिल्न सक्ने बताएका हुन् ।

फेरि मिल्नुपर्ने अवस्था आउन सक्ने भएकाले धेरै टाढा पुगेर माओवादी आन्दोलनको योगदानलाई अवमूल्यन नगर्न एमाले अध्यक्ष केपी ओलीलाई आग्रह गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार