logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

(नेकपा) भित्र अझै पनि दुइ पार्टी


  • राजनीति
  • सोमबार, कार्तिक २६ २०७५

सत्तारुढ दल (नेकपा)को पार्टी एकताको पाँच महिना बितिसक्दा पनि नेकपाको तल्लो तहसम्म एकीकृत संरचना तयार हुन सकेको छैन ।

केन्द्रीय सचिवालयबाहेक पार्टीका कुनै सांगठनिक संरचना सक्रिय छैनन् ।

तल्लो तहमा तात्कालिक एमाले र माओवादी केन्द्रका छुट्टाछुट्टै कमिटी कायमै छन्।

यी दुईबीच गत जेठमा एकता घोषणा भएको थियो।

केन्द्रमा स्थायी कमिटी र केन्द्रीय कमिटी बनेका छन्। तिनको बैठक नै बस्न छाडेको छ। यी दुवै कमिटी पार्टीको मुख्य राजनीतिक निर्णय र छलफल गर्ने थलो हुन्।

पाँच महिनामा स्थायीका दुई र केन्द्रीय कमिटीको एउटा बैठक बसेका छन्, औपचारिकताका लागि मात्र।

स्थायी कमिटी बैठक पटकपटक बोलाउँदै स्थगन गरिएको छ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार