logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

ब्रेकिङ्ग…हमासकाे आक्रमणमा परी ७ नेपालीको मृत्युु


  • राजनीति
  • आइतबार, असोज २१ २०८०

इजरायलमा हमास समूहले गरेको आतंकवादी हमलामा परि ७ जना नेपालीको मृत्यु भएको छ।

इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिममा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी ७ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायलका पूर्वअध्यक्ष दीपक ओलीले जानकारी दिए।

‘७ जना घाइते नेपालीको मृत्यु भएको भनेर सोसियल वेलफेयरले घोषणा गरेको छ। हामी अहिले घटनास्थलमा जाने प्रयासमा रहेका छौँ।’, सोसियल वेलफेयरलाई उदृद्ध गर्दै उनले भने।

घटनामा थप केही नेपाली हताहतीको आशंका गरिएपनि अहिलेसम्म पुष्टि हुन सकेको छैन। नेपाली दूतावास इजरायलले पनि घाइते भएका १२ जना नेपाली अहिले आफूहरुको सम्पर्कमा नरहेको जनाएको छ।

यद्यपि मृत्युबारे दूतावासले औपचारिक जानकारी नआएको भन्दै पुष्टि गरेको छैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार