logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

इजरायलकाे पक्षमा वक्तव्यबाजी प्रचण्डको अमेरिकाप्रतिकाे दलाली : वैद्य

आफ्ना नागरिककाे अवस्थाबारे बेखबर हुनु लज्जास्पदताकाे पराकाष्ठा


  • राजनीति
  • मंगलबार, असोज २३ २०८०

क्रान्तिकारी कम्युनिस्ट पार्टीले प्रचण्ड नेतृत्वको सरकारले इजरायलको पक्षमा वक्तव्यबाजी गरेर साम्राज्यवादको दलाली गरेको आरोप लगाएको छ । आइतबार इजरायलमा प्यालेस्टाइनी हमास समूहको आतङ्ककारी हमलामा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएकोमा विज्ञप्ति जारी गर्दै सरकारमाथि उक्त आरोप लगाएको हो ।

‘इजरायली सत्ताबाट प्यालेस्ताइनी जनतामाथि थोपरिएको अत्याचारप्रति आँखा चिम्लिएर अमेरिकी साम्राज्यवादको गोटी इजरायली सरकारको पक्षमा वक्तव्यबाजी गर्ने दाहाल सरकारको साम्राज्यवाद प्रतिको दलाली लज्जास्पद परिघटना हो । हाम्रो पार्टी यसको भर्त्सना गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

विदेशी भूमिमा नागरिकहरूको हताहाति हुँदा पनि नेपालको दूतावास बेखबर हुनु, सरकारसँग समन्वय गरेको औपचारिकता मात्र देखिनु तर व्यवहारमा क्रियाशील हुन नसक्नु सरकार र यसका निकायहरूको लाचारीपन भएको आरोप छ ।

साथै इजरायलमा अध्ययनरत नेपाली विद्यार्थीहरू, श्रमजीवी कामदारहरू तथा पर्यटकहरूलाई सुरक्षित स्थानमा सार्न र देशमा फर्कन चाहने नेपालीहरूलाई तुरुन्त देशमा फर्काउने व्यवस्था मिलाउन नेपाल सरकारसँग माग गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार