logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

इजरायलमा अस्ताएका साथीहरुकाे सम्झनामा कृषिका विद्यार्थीकाे दिप प्रज्वलन


  • राजनीति
  • मंगलबार, असोज २३ २०८०

नेपालबाट लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत कृषि स्नातक अध्ययनका लागि इजरायलमा गएका १० जना विद्यार्थी प्यालेस्टाइनी बिद्रोही समूहको आक्रमणमा पारेपछी विक्षिप्त बनेका कृषि विद्यार्थी समूहले काठमाडौंमा दीप प्रजव्लन गरेका छन् ।

मंगलबार साँझ माईतीघर मण्डलामा उनीहरुले दीप प्रजव्लन गरेका हुन् । दीप प्रज्वलन कार्यक्रम गर्दै विद्यार्थी समूहले हमासको आक्रमण्विरुद्ध इजरायलले युद्धको घोषणा गरेको र चारै तर्फवाट अतिवादी समूहको आक्रमण सुरु भएको अवस्थामा सम्पूर्ण कृषिका स्नातक र अन्य नेपालीहरुपनि शसंकित बनेको जनाएका छन् । इजरायलबाट प्रत्येक मिनेट नेपाल फर्काउने याचना गरिरहेका विध्यार्थीहरुलाई सुरक्षित स्थानमा समेत नसारिएको भन्दै विद्यार्थीले चिन्तासमेत व्यक्त गरेका छन्

नेपालबाट अर्न एण्ड लर्न कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट १ सय १९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदुरपश्चिमान्चल विश्वविद्यालयबाट ४९ जना इजरायलको विभिन्न क्षेत्रमा कार्यरत थिए । पछिल्लो समयमा अतिवादी समूह हमासको आक्रमणबाट सुदरपश्चिमान्चल विश्वविद्यालयका १० जनाको निधन भएको छ। एक जना विध्यार्थी अहिले सम्म वेपत्ता छन् भने घाइते विध्यार्थीहरुको अवस्था पनि दर्दानक छ।

विद्यार्थी समूहले सरकारलाई संवेदनशिल हुन दबाब सिर्जना गर्न र यथाशीघ्र उद्वारको लागि दबाब दिन । सुरक्षित छन् फिर्ता गर्न पर्दैन भनेर फैलाईएका भ्रम चिर्न, घाईतेको उचित उपचारको लागि दबाब दिन, विश्व शान्तिको कामना गर्न भन्दै दीप प्रज्वलनको आयोजना गरेका हुन् । तस्बिरमा हेर्नुहोस् विद्यार्थी समूहको दीप प्रज्वलन

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार