राजनीति
सुनाैलाे सपाना बाेकेर एक महिना अघि मात्रै इजरायल पुगेका नेपाली विद्यार्थी गाजा क्षेत्र नजिकै रहेकाे कृषि फाेममा काम गर्थे । सुदुरपश्चिम विश्वविद्यालयकाे समन्वयमा कमाउदै पढ्दै कार्यक्रम अन्तर्गत इजरायल पुगेका विद्यार्थी भएको ठाउँमा गत शनिबार विहानै गाेलावारी र रकेट महमला भयाे ।
पढ्न गएका विद्यार्थीले आफुले त्यसरी युद्धकाे सामना गर्नुपर्ला सगै गएका सहकर्मी साथि गुमायर चाडैं भत्किएका सपना मलिम अनुहार र बिक्षिप्त मन लिएर आफ्नो देश फर्किनु पर्ला कल्पना समेत गरेका थिएनन् तर भयाे त्यहि जे कल्पनासम्म पनि थिएन् ।
आफुसंगै गएका १० जना साथि गुमाएका र केही घाइतेलाई हस्पिटल छाेडेर केही घाइतेसंगै लियर आज करिव २५० जना विद्यार्थी नेपाल फर्किदैछन ।
उनिहरु आजै युद्धग्रस्त इजरायलमा नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा निगमको विमान बिहीबार राति सवा ९ बजे काठमाडौं आइपुग्दैछ ।

परराष्ट्रमन्त्री एनपी साउदका स्वकीय सचिव दीपक जोशीका अनुसार इजरायलको स्थानीय समयअनुसार बिहान ११ बजेर १० मिनेटमा नेपाल वायुसेवा निगमको विमान इजरायल अवतरण गर्नेछ ।

त्यसपछि नेपाल फर्किने नागरिकलाई दुई घण्टाभित्र विमानमा राख्ने र त्यहाँको समयअनुसार १ बजेर १० मिनेटमा नेपालका लागि उडान भर्ने तालिका रहेको जोशीले जानकारी दिए ।
नेपाल फर्किन चाहेका करिब चार सय नेपाली नागरिकमध्ये बिहीबार नेपाल वायुसेवा निगमको विमानमा २५० जना नेपाली फर्किने छन् ।

नेपाली नागरिकलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैँ विमानमा इजरायल गएका छन् । मन्त्रालयका अनुसार मन्त्री साउदको इजरायली विदेश मन्त्रालयका उच्च तहका अधिकारी र नेपाली राजदूत कान्ता रिजाललगायतसँग विमानस्थलमा भेट गर्ने कार्यक्रम रहेको छ ।
![]()