राजनीति
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत भारतीय जनता पार्टीका वरिष्ठ नेता कलराज मिश्र नेपालमा पारिवारिक भ्रमणमा आएका छन्।
पारिवारिक भ्रमणको क्रममा उनले नेपालका पशुपतिलगायतका धार्मिक स्थलको अवलोकनका साथै राजनीतिक र व्यवसायिक भेटवार्ता गरेका छन्।
भारतका सुक्ष्म, साना तथा मद्यम उद्यम मन्त्रालयका पूर्वमन्त्रीसमेत रहेका मिश्र शनिबार राति नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको घरमा अायोजित भोज सहभागी भएका थिए। परिवारसहित आएका उनले पारिवारिक भेटघाटको क्रममा राणाको घरमा रात्रिभोज गरेको बताइएको छ।
गत शुक्रबार नेपालमा आएमा मिश्र सोमबार साँझ भारत फर्कदै छन्। स्रोतका अनुसार मिश्रले नेपालमा रहँदा राजनीतिक दलका शीर्ष नेताहरुसँग पनि भेटवार्ता गरेका छन्।