logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

एमालेसहितको नयाँ मन्त्रमण्डल गठन, काे बने मन्त्री ?


  • राजनीति
  • आइतबार, असोज २८ २०८०

कोशीका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सँगै उनले सानो आकारको मन्त्रिपरिषद पनि बनाएका छन् । आफ्नो दल कांग्रेसका शमशेर राई र एमालेका राम रानालाई समेटेर उनले ३ सदस्यीय मन्त्रिपरिषद बनाएका हुन् । राई र रानाले पनि आइतबार नै शपथ लिएका छन् । उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।

नेपाली कांग्रेसका २९ मध्ये ८ जना र एमालेका ३९ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले एमालेलाई पनि सरकारमा सहभागी गराएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार