logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

भत्कियाे सत्ता गठबन्धन, कांग्रेस एमालेकाे नयाँ समिकरण


  • राजनीति
  • आइतबार, असोज २८ २०८०

कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। पद तथा गोपनीयताको शपथ लिएलगत्तै मुख्यमन्त्री कार्कीले दुईजना मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका हुन्।

कार्कीले नेकपा एमालेका रामराना र नेपाली कांग्रेसका शमशेर राईलाई मन्त्री बनाएका छन्। उनीहरू दुवैजनाले पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। उनीहरूको मन्त्रालय भने तोकिएको छैन।

कार्की कांग्रेस ८ र एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । मुख्यमन्त्री नियुक्त भएपछि कार्की आज बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए। नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहबाट कार्की मुख्यमन्त्री बनेका हुन्।

वर्तमान गठबन्धनले नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीमा अघि सारेका थियो। तर,कोइराला समूहले एमालेसँग मिलेर कार्कीलाई अघि सारेपछि गठबन्धनका उम्मेदवार मुख्यमन्त्री हुनबाट बञ्चित भएका थिए।

शनिबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र कोइरालाबीच वर्तमान गठबन्धनलाई निरन्तरता दिने सहमति भएपनि मुख्यमन्त्री कार्कीले एमालेलाई सरकारमा सहभागी गराएपछि गठबन्धनभित्र हलचल पैदा भएको छ।

संविधानको उपधारा ५ बमोजिम वहुमत पुर्‍याउन सक्ने कुनैपनि दलका सांसदलाई मुख्यमन्त्री बन्नसक्ने संविधानको व्यवस्था अनुसार कार्की कांग्रेसक ८ र एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।

विश्वासको मत पाउन नसकेपछि एमालेका मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गते राजीनामा दिएका थिए ।‌ त्यसपछि २६ गतेभित्र उपधारा ५ बमोजिम सरकार गठन आह्वान भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार