logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

महासचिव ‘विप्लव’ का बारेमा नरम र गरम भाषा प्रयोग गर्दै ‘अनन्त’, खास के चाहन्छन उनि ?


  • राजनीति
  • सोमबार, कार्तिक २६ २०७५

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले नेत्रविक्रम चन्द ‘विप्लव’ लाई शान्तिपूर्ण राजनीति गर्न आग्रह गरेका छन । सोमबार लिबाङमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पुनले विप्लवलाई पुरानै तरिकाको युद्धबाट सम्भव नभए बताएका छन ।

‘शान्तिपूर्ण राजनीति गर्नुस् । जनमत बनाएर सरकारलाई कन्भिन्स गर्नुस्, संविधान संशोधन गर्न सकिन्छ’, मन्त्री पुनले भने, ‘पुरानै तरिकाको युद्धबाट सम्भव छैन ।’ मन्त्री पुनले विप्लव नेतृत्वको नेकपालाई वार्तामा आए नेतामाथिका मुद्दा खारेज गर्न सकिने प्रस्ताव राखेका हुन् ।

‘हतियार उठाएका कतिपय शक्तिसँग त सरकारले वार्ता गर्न तयार छ । विप्लवजीहरुले त अझै हतियार उठाइसक्नु भएको छैन । वार्तामा बसेर असहमति टुंग्याउन सकिन्छ’, मन्त्री पुनले भने, ‘वार्तामा बस्ने हो भने विप्लवलगायतका नेतामाथिका मुद्दा खारेज गर्न सकिन्छ ।’

विप्लव नेतृत्वको नेकपाबाट ठाउँठाउँमा हतियार प्रदर्शन, तालिम, केही अपराधिक काम र चन्दा असुली भइरहेकोमा मन्त्री पुनले आपत्ति जनाए ।

‘स्थानीय तहका कतिपय जनप्रतिनिधि र कार्यालय प्रमुखहरुलाई धम्काउने काम भइरहेको छ । नेतृत्वले स्पष्ट पार्नुपर्छ’, मन्त्री पुनले भने, ‘यस्ता काम रोकिनुपर्छ । अन्यथा राज्यले एसर्टिभ ढंगले कदम चाल्न बाध्य हुन्छ ।’

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार