logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

प्रधानमन्त्रीको सचिवालयमा पूर्वमाओवादीलाई बन्देज ,प्रचण्डको प्रस्तावले हावा खायो


  • राजनीति
  • मंगलबार, कार्तिक २७ २०७५

Prime Minister K P OLI addresses the nation at prime minister Residence, baluwatar Kathmandu on Sunday, November 15, 2015 Photo; Keshab Thoker/Nagarik/republica

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयमा पूर्वमाओवादी वा माधव नेपाल पक्षका कार्यकर्ता नेतालाई भने कडाइ मात्र होइन बन्जेद नै लगाएकाछन ।

आइतबार प्रधानमन्त्रीको विदेश मामिला तथा सुरक्षा सल्लाहकारमा डा.राजन भट्टराई र प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारीको नियुक्तिसँगै प्रधानमन्त्रीको सचिवालय १३ सदस्यीय भएको छ । तीमध्ये पनि दुईजनाले सरकारबाट तलव खाँदैनन् ।

प्रधानमन्त्री ओलीले मितव्ययी बन्ने भन्दै सचिवालयलाई एक दर्जनभित्र सीमित गर्न खोजेको स्रोतले जनाएको छ । तर, अझै प्रधानमन्त्रीको सचिवालयमा बढीमा आर्थिक तथा प्रशासनिक सल्लाहकार थपिन सक्ने स्रोतको भनाइ छ ।

प्रचण्डको सुझाव अस्वीकृत, नेपाल पक्षको कटाक्ष

नेकपा स्रोतका अनुसार अर्का अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको सचिवालयमा पूर्वमाओवादीतर्फका केही नेतालाई पनि नियुक्ति दिन आग्रह गरेका थिए । पार्टी एकताको सन्देश र अपनत्व महशुस गराउन पनि तत्कालिन माओवादीतर्फका कम्तीमा एक जनालाई सचिवालयमा राख्न सुझाव दिएको स्रोतको दाबी छ ।
प्रचण्डले धनकुटाका पूर्वसभासद तथा नेकपा केन्द्रीय सदस्य हेमराज भण्डारीलाई प्रधानमन्त्रीको सचिवालयमा राख्न केही महिनाअघि नै सिफारिस गरेका थिए

प्रचण्डले धनकुटाका पूर्वसभासद तथा नेकपा केन्द्रीय सदस्य हेमराज भण्डारीलाई प्रधानमन्त्रीको सचिवालयमा राख्न केही महिनाअघि नै सिफारिस गरेका थिए । तर, प्रधानमन्त्री ओलीले पूर्वमाओवादीका त परै राखौं, पूर्वएमालेभित्रै पनि आफ्नो परम्परागत गुटबाहेकका नेतालाई सचिवालयमा ठाउँ दिएका छैनन् ।

सायद त्यसकै प्रतिक्रिया स्वरुप हुनुपर्छ, नेकपाका केही नेताले फेसबुक र ट्वीटरबाट व्यंग्य गरिरहेका छन् । नेकपा केन्द्रीय सदस्य तथा माधव नेपाल प्रधानमन्त्री हुँदाका प्रेस सल्लाहकार विष्णु रिजालले ‘दाने दाने पे लिखा है खानेवालाका नाम’ भनेर व्यंग्य गरेका छन् ।

नेकपाका अर्का केन्द्रीय सदस्य डा. विजय पौडेल लेख्छन्– नेकपामा केही मानिसहरु आजीवन खाने लाइसेन्स लिएर आएका रहेछन् । हरेक सरकारका पालामा यिनले खाइरहन्छन् । नेपाली कांग्रेसमा पनि त्यस्तै निरन्तर खानेहरुको झुण्ड छ । हरेक गुटबाट लाभ लिन सक्ने महानुभावहरुले नेताहरुलाई रिझाउने के जादू जानेका रहेछन् ?

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार