logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नेपालगन्जबाट पक्राउ परे रिगल


  • राजनीति
  • बिहिबार, कार्तिक १६ २०८०

राष्ट्रपतिबाट आममाफी पाएर रिहा भएका योगराज ढकाल ‘रिगल’ पक्राउ परेका छन् । उनलाई प्रहरीले बाँकेकाे नेपालगन्जबाट पक्राउ गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले नेपालगन्जकाे न्यूराेडबाट पक्राउ गरेकाे एसपी सुवासचन्द्र बोहराले नेपालप्रेसलाई बताए । उनले भने,’ मलाई हेडक्ववाटरबाट पक्राउ गर्नु भन्ने आदेश थियाे । उनलाई न्यूराेडबाट पक्राउ गरेकाे हाे । ‘

सर्वोच्च अदालतले योगराज ढकाल रिगललाई दिइएको आममाफी बदर गर्दै उनलाई तत्काल पक्राउ गर्न आदेश दिएकाे थियाे । आदेश लगत्तै उनलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

चेतन मानन्धरकाे हत्या आराेपमा जेल सजाय भाेगिरहेका रिगलले राष्ट्रपति रामचन्द्र पाैडेलले स‌ंविधान दिवशकाे अवसरमा आममाफी दिएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार